• जीवनशैली | Jiwanshaili
  • शरीरबाट गन्ध किन आउँछ, वैज्ञानिकले खोजे यस्तो कारण


    काठमाडौं- शरीरबाट गन्ध किन आउँछ त, वैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । वैज्ञानिकका अनुसार एउटा एन्जाइम हुन्छ जसले आर्मपिट (काखीको मुनिको भाग) मा पाइने बेक्टेरिया बनाउँछ । यस बेक्टेरियाका कारण शरीरबाट दुर्गन्ध फलैलिन्छ । उनीहरुले यसलाई बीओ एन्जाइम नाम दिइएको छ । यो रिसर्च ब्रिटेनको युनिवर्सिटी अफ योर्कले यूनिलिवरसँग मिलेर गरेको थियो ।

    शोधकर्ताका अनुसार, स्ट्रेफायलोकोकस होमिनिस बेक्टेरियाले बिशेष प्रकारको रसायन उत्पादन गर्दछ । जसले दुर्गन्धको विकास गर्दछ । यो बेक्टेरिया आदिमानवको समयदेखि मानिसहरुमा रहदै आएको छ । त्यसैकारण पुस्तादेखि पुस्ता मानिसको आर्मपिटमा यसले आफ्नो घर बनाएर बसेको छ ।

    बेक्टेरियालाई बिना कुनै हानी गरेर दुर्गन्धलाई नियन्त्रण गर्न
    शोधकर्ता डा. माइकल रुडेनका अनुसार, बीओ एन्जाइमको संरचनाका बारेमा थाहा पाउनुको साथसाथै हामीहरु ती बेक्टेरियालाई पनि बुझ्न पाएका छौं । यसबाट बेक्टेरियालाई कुनै हानी नोकसानी नगरेरै कसरी शरीरको दुर्गन्धलाई काम गर्न र रोक्न सकिन्छ भन्ने जानकारी सामने आएको छ ।

    शोधकर्ताका अनुसार, यो बेक्टेरियाले शरीरको एपोक्राइन ग्रन्थिलाई सक्रिय बनाउन मदत गर्दछ । जुन ग्रन्थि हाम्रो छालासँग जोडिएको हुन्छ जसले कपालको माध्यमबाट शरीरबाट पसीना निकाल्ने गर्छ । यो ग्रन्थि आर्मपिट र शरीरका बिभिन्न भागमा पाइने गर्छ । यो ग्रन्थि भने शरीरको लागि अति नै आवश्यक पनि हुन्छ किन भने यसले मानिसको शरीरमा उत्पन्न हुने तापक्रमलाई नियन्त्रण पनि गर्छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार