सपना र विचारहरूकाे रेकर्ड हाे डायरी
हामीहरूले फोटोहरू खिच्छौँ ताकि ती तस्वीरहरूमार्फत यी दिनहरू र पलहरु हामी याद गर्न सकौँ ।
डायरी पूर्ण रूपमा व्यक्तिगत, लिखित फोटो जस्तो हो । डायरीमा पनि थोरै वा धेरै जति तपाईँले चाहानु हुन्छ त्यति विस्तारमा तपाईले देखेका कुरा रेकर्ड गर्न सकिन्छ।
डायरी मिति अनुसार ब्यवस्थित दैनिक जीवनका विचार, घटना, अनुभव र अन्योलको अभिलेख गर्ने ठाँउ हो। सयौं बर्षदेखि मानिसले व्यावसायिक उद्देश्यका साथ अभिलेख राख्दै आएका थिए, तर विचारहरूको पनि रेकर्ड राख्न डायरीको अवधारणाको विकास गर्न धेरै समय लाग्यो।
कहिल्यै तपाईंको डायरीमा झुट नहोस्। डायरीलाई तपाईको आत्माको रूपमा कल्पना गर्नुहोस् जसलाई तपाईको बारे सबै कुरा पहिले देखिनै थाह छ ।
डायरी अद्भुत वस्तु हो जसले तपाईंलाई आफ्ना भावनाहरू छलफल गर्न, सपनाहरू वा विचारहरू रेकर्ड गर्न, र दैनिक निजी जीवनका कथा स्मरण गर्न सुरक्षित ठाउँ दिन्छ।
डायरीहरू कुनै पनि उमेरका व्यक्तिहरूका लागि उत्तम हुन्छ । डायरी लेखनलाई दैनिकी लेखन पनि भनिन्छ ।
तपाईंलाई लाग्न सक्छ कि सामान्य दिनहरू अल्छी लाग्दा छन्, यीनका बारेमा के लेख्ने
जब सम्म तपाईं लेख्न सुरू गर्नुहुन्न तबसम्म तपाईँ ती सामान्य घटनाहरूलाई नियाल्नु हुन्न । दैनिकी वा डायरी लेखन सुरु गरे सँगै तपाईँ ती सामान्य घटनाहरूका विशेष पक्षहरू हास्यास्पद टिप्पणीहरू वा रोचक चीजहरू देख्न शुरू गर्नुहुनेछ।
यसले तपाइँको सम्झना अधिक विस्तृत गराउछ, कसरी केही चीजहरूले तपाइँलाई कुनै दिन वा केही स्थानहरूमा वितेका क्षण्हरु महसुस गराएका थिए त्यो सम्झना सधै ताजा गराउन सक्नु हुन्छ डायरी लेखनले।
आफ्नो भावनाहरू मनमा गुम्साउनु भन्दा कागजमा लेख्दा धेरै शान्ति महसुस हुन्छ। यसले घटनाहरूको बारेमा अझ स्पष्ट रूपमा सोच्न पनि मद्दत गर्दछ ।
कति पटक तपाईलाई आफ्नाे कुनै समस्याको बारे कसैसँग कुरा गर्न मन लागेको हुनसक्छ। तर प्रत्येक पटक तपाईलाई सही सल्लाह दिने सहज मित्र पाउन सम्भव नहुन सक्छ । डायरी लेखनले तपाई दु : खी हुँदा तपाईको बह अटाउने ठाउँ दिन्छ भने र यसले तपाई खुशी हुँदा तपाईको उत्साहलाई बढावा दिन्छ। यस्मा तपाईले आफ्नो वृहत योजना देखि उल्टा पुल्टा सृजनालाई समेट्न सक्नु हुन्छ ।
निश्चित गर्नुहोस् कहिल्यै तपाईंको डायरीमा झुट नहोस्। डायरीलाई तपाईको आत्माको रूपमा कल्पना गर्नुहोस् जसलाई तपाईको बारे सबै कुरा पहिले देखिनै थाह छ । तपाईले डायरीमा लेखेको कुराबाट उ तपाईको वफादारी जाँच गर्दैछ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस