मिर्गौलामा पत्थरी हुँदा कसरी जोगिने ?
काठमाडौं- हामीले खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना रहन्छ । माछा/मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरू बताउँछन् ।
त्यसैगरी कफी, चिसो, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ । मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ । मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स फिल्टरीकरण हुने कारणले हुन्छ । साथै, पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरीको समस्या देखिन्छ । मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार पत्थरीहरू हुने गर्दछन् । हाम्रा केही गल्ती र लापरवाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ ।
जंक फुड, रातो मासु धेरै सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । त्यसैगरी, मोटोपना, मधुमेह, कोलेस्ट्रोलले गर्दा मिर्गौलामा पत्थरीको समस्या बढिरहेको छ । मूत्रनलीको रोग या मूत्रनलीमा कुनै चोट लागेको छ वा रोग लागेको छ भने पनि त्यसको कारणले पिसाब बाहिर आउँदैन । यसै कारणबाट पनि पत्थरी हुन जान्छ ।
लक्षणहरुः
* पेट दुख्नु
* पटकपटक ट्वाइलेट जानु
* पिसाब पोल्नु
* पिसाबबाट रगत आउनु
* छटपटी हुनु
* भोक नलाग्नु
* ज्वरो आउनु
उपचार विधि
यी माथिका लक्षणहरू देखा पर्ने बित्तिकै तुरुन्तै अस्पताल जानुपर्छ । डाक्टरको सल्लाहअनुसार पत्थरीको संख्या, प्रकृति हेरी उपचार विधि अपनाउने गर्नुपर्छ । उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थरी ठूलो रहेछ भने शल्यक्रिया गर्नुपर्दछ ।
त्यसैगरी, स-सना पत्थरी रहेछ भने पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ । तर, औषधि सेवनबाट यसको दीर्घकालीन समधान हुँदैन । आजभोली ल्याप्रोस्कोपी, युरेट्रोस्कपीजस्ता नयाँ प्रविधि आएका छन् । जसले सजिलैसँग पत्थरीलाई निकाल्न सकिन्छ ।
घरेलु उपचार
मिर्गौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, निमको पात, अदुवा र जडीबुटी सेवन गर्दा पत्थरी कम हुने गर्दछ । त्यसैगरी, शरीरमा पानीको अभाव हुन नदिन प्रशस्त पानी पिउनुपर्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस