रिसलाई नियन्त्रण गर्न यी १४ तरिका अपनाउनुहोस्
काठमाडौं- रिस उठ्नु मानिसको सामान्य स्वभाव हो। तर, रिसलाई व्यवस्थापन गर्न नसक्दा भने गम्भीर गल्ती हुन सक्छ । रिसको झोकमा मानिसले गर्ने व्यवहारले सम्बन्ध बिग्रन सक्छ । भने कहिलेकाहीँ रिसले अनावश्यक झमेला पनि झेल्नुपर्छ ।
त्यसैले रिसमा नियन्त्रण गर्नु सबैभन्दा उत्तम हुन्छ । रिसको झोकमा गरिने हरेक अभ्यासले दुःख मात्र दिन्छ । तर, त्यही रिसलाई नियन्त्रण गरी उत्प्रेरणाको रूपमा लिने हो भने सकारात्मक नतिजा पनि दिन सक्छ ।
त्यसो भए कसरी गर्ने त रिस नियन्त्रण ?
- लामो श्वास लिनुहोस्
रिस उठ्दा श्वासप्रश्वास तीव्र हुन्छ । त्यसैले रिस उठ्दा ठ्याक्कै उल्टो तरिका अपनाउनुस् । बिस्तारै लामो लामो श्वास लिनुहोस् । नाकबाट सास लिएर मुखबाट फाल्ने गर्नुहोस् ।
- अंक गन्नुहोस्
जब–जब रिस उठ्छ अंक गन्न थाल्नुहोस् । सुल्टो उल्टो जताबाट गने पनि हुन्छ । धेरै रिस उठेको छ भने बढी संख्यासम्म गन्नुहोस् । यसो गर्दा तपाईको मुटुको चाल कम हुँदै जान्छ र रिस पनि शान्त हुन्छ ।
- व्यायाम गर्नुहोस्
शारीरिक व्यायामले तपाईका मस्तिष्कका नसाहरू शान्त बनाइदिन्छ र रिस घटाइदिन्छ । त्यसैले रिस उठे हिँडडुल गर्नुहोस्, बाइक लिएर कतै निस्कनुहोस् नभए फुटबल खेल्नुहोस् । यी क्रियाले खुट्टासम्म रगत पुर्याउँछ । मस्तिष्कलाई शान्त बनाइदिन्छ ।
- मांसपेशीलाई खुकुलो बनाउनुहोस्
तनाव वा रिसमा हुँदा मांसपेशीहरू साह्रा हुन्छन् । त्यसैले रिस उठेको बेलामा सकेसम्म मांसपेशीलाई खुकुलो बनाउने प्रयत्न गर्नहोस् ।
- मन्त्र जप्नुहोस्
आफ्नो निम्ति कुनै एउटा शब्द वा वाक्यलाई मन्त्र बनाउनुहोस् । जतिबेला रिस उठ्छ त्यो मन्त्र बारम्बार दोहोर्याइ रहनुहोस् । यसका लागि ‘शान्त’, ‘ठीक छ’ जस्ता शब्द उपयुक्त हुन सक्छन् ।
- पाखुरा र घाँटी घुमाउनुहोस्
घाँटीलाई ३६० डिग्रीमा घुमाउने र औंलाले कुममा छोएर पाखुरा घुमाउने अभ्यास योगको एक अंग हो । यसले तपाईको रिस शान्त बनाइदिन्छ । यो अभ्यासका लागि बेग्लै ठाउँ पनि चाहिँदैन ।
- मानसिक अभ्यास गर्नुहोस्
जुन परिस्थितिमा रहँदा रिस उठिरहेको छ, त्यसबाट उन्मुक्त हुन मानसिक अभ्यास काम लाग्न सक्छ । त्यसका लागि शान्त कोठामा बस्नुहोस् । आँखा बन्द गर्नुहोस् र आफूलाई शान्त बनाउने कुनै दृश्य कल्पना गर्नुहोस् । त्यसरी कल्पना गरेको दृश्यलाई मनमनै हेर्ने प्रयास गर्नुहोस् । पूरै ध्यान दिनुहोस् । पानीको रङ कस्तो छरु हिमाल कति अग्ला छन् । चरा कसरी चिरबिर चिरबिर गरिरहेछन् । ध्यान दिनुहोस् ।
- मधुर संगीत सुन्नुहोस्
रिस शान्त गराउन संगीतले निकै सहयोग गर्न सक्छ । रिस उठेको बेलामा कानमा इयरफोन लगाउनुहोस् र गीत सुन्नुहोस्। गतिमा झुम्नुहोसु, रम्नुहोस्।
- कुराकानी बन्द गर्नुहोस्
रिस उठेको बेलामा मौन बस्नु उपयुक्त हुन्छ । मौन रहँदा जे कारणले रिस उठेको हो त्यसबारे तपाईका विचार पनि केन्द्रित हुन्छन् । रिसाउनुको साटो तपाई समाधानका उपाय खोज्नुहुनेछ ।
- विश्राम लिनुहोस्
जिन्दगी अचेल निकै व्यस्त छ । यो व्यस्तताले पनि रिस उठाउन सक्छ । त्यसैले रिस उठेको बेला विश्राम गर्नु उपयुक्त हुन्छ । यस्तो विश्राम लिँदा एक्लै बस्नुहोस् । आफ्नो उत्तेजना कम हुने समय पर्खनुहोस् । रिसको बेलामा मानिसहरूलाई सुनाउँदा पनि सहीमा सही मिलाइदिने कोही न कोही भेटिन्छ । त्यसले झनै रिस उठ्न सक्छ ।
- दैनिक तालिका परिवर्तन गर्नुहोस्
तपाईको दैनिक तालिका एकोहोरो हुँदा पनि रिस उठ्ने भएको हुन सक्छ । जीवनको एकोहोरेपनबाट जोगिन दैनिक तालिका परिवर्तन गर्नुहोस् ।
- साथीसँग गफ गर्नुहोस्
रिस उठेको बेला जोसँग रिस उठेको छ ऊ सँग नबस्नुहोस् । बरू साथीसँग गफ गर्नुहोस् । विश्वासयोग्य साथीसँग सबै प्रसंग बेलिविस्तार लगाउनुहोस् । उसले अवश्य पनि त्यसलाई नयाँ कोणबाट हेर्न सघाउनेछ ।
- हास्नुहोस्
खराब माहोललाई राम्रो माहोलले सुधार्छ । त्यसैले रिस उठ्दा कमेडी शो हेर्नुहोस्, जोक पढ्नुहोस् । हाँस्नुहोस् ।
- क्षमा गरेको कल्पना गर्नुहोस्
बुद्ध भन्छन्, ‘कसैलाई क्षमा दिँदा उनीहरूको बानी त फेरिँदैन तर, तपाईलाई हुन सक्ने हानि भने रोकिन्छ ।’ जसले रिस उठाउँछ, उसलाई क्षमा दिनुहोस् । क्षमा दिन गाह्रो हुन्छ । त्यसैले उनीहरूको अगाडि नै जानुपर्दैन । आफूले क्षमा दिएको कल्पना गर्नुहोस् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस