• जीवनशैली | Jiwanshaili
  • सेफ्टी टयाङ्कीमा डुबेर बालिकाको मृत्यु


    कलैया- बाराको महागढी नगरपालिका–१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर हिजो मृत्यु भएको छ । अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस