अलपत्र नेपाली स्वदेश फर्किए
काठमाडौं- विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले जापानको नारिताबाट २६४ यात्रु र तीन बच्चा काठमाडौँ ल्याएको छ । त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ ।
सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५३ यात्रु र दोहाबाट १५२ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ ।
त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६५ नेपाली काठमाडौँ ल्याएको छ । फलाई दुबईले दुबईबाट १५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज आन्तरिकतर्फ पनि नौ वटा एयरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस