• जीवनशैली | Jiwanshaili
  • ट्रकको ठक्करबाट बालिकाको मृत्यु


    चितवन- माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन् ।

    ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस