ग्यास्ट्रिकको घरमै गरौँ सरल उपचार
काठमाडौं- अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ ।
जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो काम गर्दैन र अन्ननली हुँदै अमिलो पदार्थ पेटको माथिल्लो भागतिर जान थाल्छ, यस्तो अवस्थालाई एसिड रिफ्लक्स हुन्छ । यसको प्रमुख कारण लोअर इसोफेगल स्पिंचरमा समस्या देखिनु नै हो ।
यो समस्याले गर्दा हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गदैृन । यसले छाती दुख्ने वा अथवा मुटु पोल्ने समस्या देखिन्छ । यसबाट अपचको समस्या पनि देखिन्छ । यस्तो समस्या भएका मानिसहरु एकदमै डराउने अवस्थामा पुग्छन् । यो समस्या बढ्दै जाँदा बिरामी असन्तोष बढ्ने, कुनै पनि कुरा निल्न समस्या हुने, पेट र पिठ्यूँको तल्लो भाग पोल्ने, वान्ता हुने सम्मका समस्या देखिन्छ ।
यसको घरेलु उपचार कसरी गर्ने ?
सामग्रीहरु :
एउटा आलु, एउटा दाना स्याउ
विधि : आलुलाई सफासँग पखालेर बोक्रा निकाल्नुहोस् र यसको रस बनाउनुहोस् । स्याउलाई पनि सफा गरेर बोक्रा निकाल्दै जुस बनाउनुहोस् । दुवै रसलाई मिलाएर खाना खानुभन्दा कम्तिमा एक घन्टा अगाडि दिनमा दुईपटक सेवन गर्नुहोस् । यसले तत्काल राहत महसुस हुनेछ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस