• जीवनशैली | Jiwanshaili
  • शरीरमा पानीको कमीले देखा पर्ने यी १० समस्या


    काठमाडौं- पानी बिनाको जीवन कल्पना गर्न सकिदैन । पानी मानिसको जीवनमा जति आवश्यक छ त्यति नै शरीरुलाई यसको महत्व पनि हुन्छ । पानीको मात्रालाई मिलाएर पिएमा यसले शरीरमा अमृतको काम गर्छ । यसर्थ शरीरमा पानी कमी भएको अवस्थामा विभिन्न रोगहरु लाग्ने गर्छ । यी १० लक्षण देखा परेमा बुझ्नु पर्छ कि हाम्रो शरीरमा पानीको मात्रामा कमी भएको छ ।

    • टाउको दुख्नु
      पानीको कमीले पनि टाउको दुख्ने गर्छ । टाउको दुखिरहेको तर कारण थाहा नपाए शरीरमा पानीको मात्रा कम रहेको अवस्था हो । टाउको धेरै दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने गर्नु पर्छ ।
    • खाएलगत्तै भोक लाग्नु
      बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । यसर्थ खाना खाएलगत्तै भोक लागेको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिएमा शरीरका लागि राम्रो मानिन्छ ।
    • धेरै थकान महसुस हुनु
      शरीरमा पर्याप्त पानी नभएमा धेरै धकान महसुस हुन जान्छ । पानीको कमीले शारीरिक प्रणाली नै कमजोर बनाउने हुँदा धेरै थकानको महसुस हुनेगर्छ । पानीको कमीले धेरै थकान महसुस हुँदा कार्य क्षमतामा ह्रास आउँछ । दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।
    • छाला सुक्खा हुनु
      पानीको कमीले शरीरका छाला सुख्खा तथा चाउरी पर्ने गर्छ । मौसम विपरीत छाला सुख्खा हुने, ओठ फुट्ने लगायत यस्ता खालका लक्षण देखिए पानीको समस्याका कारण देखा परेको हुन्छ ।
    • पिसाब पहेँलो हुनु
      पानीको कमीले पिसाब पनि अस्वभाविक पहेँलो हुने गर्छ । लगातार पिसाब पहेँले देखा परे पानीको कमीका कारण पनि हुन सक्छ ।
    • पानीको कमीले एसिडिटी पनि बढ्छ । कब्जियत हुने, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण शरीरमा प्रशस्त मात्रामा पानी नहुनु हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।
    • मुटुको चाल बढ्नु
      यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । चक्कर लाग्ने वा अचानक डराउने धेरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निद्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।
    • श्वास गन्हाउनु
      पानीको कमीले मानिसको स्वास पनि गनाउने गर्छ । शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गन्हाउने श्वास निस्कन्छ ।
    • मुख सुक्खा रहनु
      धेरै जस्तो मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।
    • मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ
      पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार