२६ प्रतिशत महिलाले सार्वजनिक स्थानमा स्तनपान गराउँदा पुरुषको कुदृष्टिको सामना गर्नुपर्ने
शिशुको लागि आमाको दूध नै अमृत सरह हुन्छ । स्तनपानबाट शिशुलाई सबै पौष्टिक तत्वहरु पनि मिल्छ । जसबाट शिशुको पूर्ण रुपमा विकास हुन्छ ।
यदि सार्वजनिक स्थानमा स्तनपानको कुरा गर्ने हो भने आज पनि त्यस्ता व्यक्ति भेटिन्छन् जसको ध्यान अस्वभाविक रुपले स्तनपान गराउँदै गरेकी आमा तर्फ केन्द्रित हुन्छ । बेबी प्रोडक्ट ब्राण्ड टाँमी टिप्पीद्वारा स्तनपान गराउने आमाहरुमा सर्वे गरिएको छ । यसबाट यो पत्ता लागेको छ की घर भन्दा बाहिर स्तनपान गराउँदा उनीहरुले असहज महसुस गर्नु परेको छ । २३ प्रतिशत महिलाहरुलाई स्तनपान गराउँदै गर्दा पुरुषहरुको नराम्रो हेराईको सामना गर्नु परेको छ ।
२७ प्रतिशत महिलाहरु पुरुषबाट बच्नको लागि आफू बसिरहेको स्थानबाट अर्को स्थानमा गएर स्तनपान गराउन बाध्य हुनु पर्छ । यसमध्ये १० प्रतिशत महिलाहरु स्तनपान गराउने समयमा आफूलाई नै कपडाले छोपेर राख्ने गरेको भेटिएको छ ।
द इन्डिपेन्डेन्ट को रिपोर्ट अनुसार ८ प्रतिशत महिलाहरुले यो पनि भनेका छन् की सार्वजनिक स्थानमा शिशुलाई स्तनपान गराउँदा उनीहरुलाई नराम्रो टिकाटिप्पणीको पनि सामना गर्नु पर्यो ।
टाँमी टिप्पीका सूचना अधिकारी निकोल वैलेस भन्छन् , ‘बजार अथवा अन्य स्थानमा स्तनपानसँग जोडिएका धेरै घटनाहरु छन् । आफूमाथि भइरहेको नराम्रो आलोचनाले महिलाहरुलाई अरुको अगाडी असहज बनाउने गरेको छ । ३७ प्रतिशत महिलाहरु सार्वजनिक स्थानमा शिशुलाई स्तनपान गराउन हिच्कीचाउँछन् ।’
यो सर्वेमा एक सिनियर मीड वाइफ लुइस ब्राण्डब्रिजले कमेन्ट मार्फत भनेका छन् , ‘स्तनपान गराउने हरेक आमाहरुलाई जुनसुकै परिस्थितीमा पनि असहज महसुस गर्नु हुँदैन । उनीहरुले यो बुझ्न जरुरी छ की शिशुलाई आमाको दूध सबै भन्दा आवश्यक हुन्छ । शिशुलाई जतिबेला जहाँ पनि स्तनपान गराउनु पर्छ ।’
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस