• जीवनशैली | Jiwanshaili
  • केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार


    काठमाडौं- काठमाडौंको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ । उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधबारबूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

    अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिइन् ।

    भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो ।

    विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस