साना बालबालिकाले मास्क लगाउन कति उपयुक्त ?
एजेन्सी- कोरोना माहामारीका कारण विश्वभर मास्क लगाउन अनिवार्य जस्तै बनेको छ । मानिसहरु मास्क बिना बाहिर निस्कन नै हिच्किचाउने गरेका छन् । सार्वजनिक स्थानमा मात्र नभएर आफ्नै घरमा समेत मास्क लगाउने बानीको विकास भइरहेको देखिन्छ । धेरै देशले मास्क नलगाई बाहिर निस्किन प्रतिबन्ध नै लगाएका छन् भने कैयौं देशले सजाय समेत तोकेका छन् ।
यसैबीच जापानमा भने दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाईदिन सल्लाह दिइएको छ । जापानको बाल रोग एसोसियसनले अभिभावकहरुलाई आफ्ना दुई वर्ष भन्दा कम उमेरका बच्चालाई मास्क नलगाउन आग्रह गरेको छ । एसोसियसनले दुई वर्षभन्दा कम उमेरका बच्चालाई श्वास फेर्न गाह्रो हुने र उनीहरुलाई गम्भीर समस्या समेत हुनसक्ने चेतावनी दिएको छ ।
एसोसियसनले बच्चाहरुको श्वास नली पातलो हुने र मास्कले श्वास फेर्ने समयमा उनीहरुको मुटुमा थप बल पुग्ने हुन सक्छ, जुन उनीहरुका लागि खतरनाक हुने भन्दै चेतावनी जारी गरेको छ ।
त्यस्तै अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि दुई वर्ष भन्दा कम उमेरका बच्चाहरुको मुख नढाक्न सल्लाह दिएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस