महिलामा संक्रमण पुष्टि भएपछि कोटघर स्वास्थ्यचौकी सिल
mask
सिञ्जा- कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो ।
स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिए । सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस