• जीवनशैली | Jiwanshaili
  • ६२ बोरा अवैध मल बरामद


    कर्णाली- जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो ।

    सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएको बताए । प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ । ‘मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनुपर्छ’, सहायक प्रजिअ पौडेलले भने, ‘उक्त पसलले गैरकानूनी रुपमा मल बिक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ ।’


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस