• जीवनशैली | Jiwanshaili
  • लामखुट्टेको टोकाइबाट कसरी बच्ने ?


    काठमाडौँ- गर्मी बढेसँगै जताततै लामखुट्टेको झुण्ड देख्न सकिन्छ । गर्मी मौसममा मात्र देखा पर्ने लामखुट्टै आजभोली जाडोयाममा पनि लाग्ने गरेको छ । लामखुट्टेको टोकाइबाट कुनै जटिल अवस्था पनि सृजना हुन सक्छ । मानिसको रगतमा आकर्षित हुने लामखुट्टेले टोक्ने वित्तिकै खासै असर नदेखिए पनि दुई चार घण्टामा टोकेको स्थानमा चिलाउने तथा सुनिएर खालका बिमिराहरु देखा पर्न थाल्छन् । ठाउँ परिस्तिथि हेरेर लामखुट्टेको टोकाइबाट थुप्रै किसिमका संक्रमण हुन सक्छन् भने यसले रोगहरु पनि सार्ने गर्ने गर्दछ।

    लामखुट्टेको टोकाइबाट कसरी बच्ने उपाय :

    • लामखुट्टेको टोकाईबाट बच्न रातको समयमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । सामान्यता लामखुट्टेहरु सूर्यास्त र सूर्योदयको समयमा बढी सक्रिय हुने भएकाले उक्त समयमा घरको झ्याल ढोकालाई बन्द गर्नुपर्छ ।
    • घरको झ्याल ढोकामा सकेसम्म जालीको प्रयोग गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । चिसो ठाउँमा लामखुट्टे नआउने भएका कारण यदि घरमा एसी उपलब्ध छ भने त्यसको प्रयोग गर्नुहोस् ।
    • सक्रिय भएको मौसम वा समयमा लामो बाहुला भएको लुगा तथा पाइन्ट लगाउँदा लामखुट्टेको टोकाईबाट बच्न सकिन्छ । आफ्नो कपडामा पर्मेथ्रिन रसायन प्रयोग गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
    • सुरक्षित र प्रभावकारी विकर्षण रसयानहरुको प्रयोग गर्नुहोस् । स्वास्थ्यमा असर नपर्ने खालको रसायन प्रयोग गर्दा लामखुट्टे पनि भाग्छन् भने स्वास्थ्यमा पनि नकारात्मक असर पर्दैन ।

    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार