निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग ! यसका प्रमुख ५ कारण
अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपटक केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० वर्षकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको भए पनि चिकित्सकहरूले निधनको सही कारण पत्ता लगाउन सकेका थिएनन् ।
हालै मात्र लस एन्जल्सका एक जना चिकित्सकले स्लिप एप्नियासँगै मुटुसम्बन्धी रोग र लागुऔषध प्रयोगले फिसरको निधन भएको बताएका छन् ।
निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आरामको मुद्रामा आउँछन् र सास रोकिन्छ । यसरी १० सेकेन्ड वा त्यसभन्दा बढी समय सास रोकिए त्यसलाई स्लिप एप्निया भनिन्छ । अधिकांश मानिस सुतेका बेला केही सेकेन्ड सास रोकिनु सामान्य हो ।
यसैकारण सुतेका बेला बारम्बार निद्राबाट ब्युँझिनु अधिकांशको समस्या हो । यसबाट अन्य समस्या पनि उत्पन्न हुन सक्छन् । तर धेरै समय जस्तो कि एक मिनेट नै सास रोकियो भने यसले ज्यानै पनि जान सक्छ ।
कुनै कुनै यस्तो केसमा यो समस्या मस्तिष्कसँग जोडिएको हुन्छ । जतिबेला मस्तिष्कले सुतेका बेला सास फेर्दा प्रयोग हुने मांसपेशीलाई सञ्चालित हुन कुनै संकेत वा आदेश दिँदैन ।
स्लिप एप्नियाका कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र मस्तिष्कले हामीलाई गहिरो निद्राबाट ब्युँझाइदिन्छ । कतिपल्ट त हाम्रो निद्रा पूरै खुल्छ भने कतिपल्ट अर्धनिद्रामा हुन्छौं, तर यी सबै हामीले ख्यालै गर्दैनौं ।
हामी आफैंले थाहा पाउन कठिन हुने भएकाले यो समस्या आफूसँग सुत्ने अर्को मानिसले थाहा पाउन सक्छ । निद्रामा घुर्नु, निदाएका बेला विभिन्न खालको आवाजसहित सास फेर्नु, सास फेर्न निकै कठिन हुनु र निदाएका बेला बारम्बार स्याँ स्याँ गर्नु वा सास रोकिनु यसका प्रारम्भिक लक्षण हुन् ।
सुतेका बेला पसिना आउनु र बारम्बार पिसाब लाग्नु पनि यसका लक्षण हुन् । यदि तपाईं निद्राबाट स्याँ स्याँ गर्दै उठ्नु हुन्छ र यो दोहोरिइ रहन्छ भने तुरुन्त चिकित्सकसँग परीक्षण गराउनु उपयुक्त हुन्छ ।
निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आउनु सामान्य हो र यस्तो सबैलाई हुनसक्छ। तर यसले सबैलाई समस्या उत्पन्न गर्दैन । जसलाई यसले समस्या उत्पन्न गराउँछ, त्यसका निम्न कारण हुन सक्छन् :
- मोटोपन : धेरै मोटो हुँदा घाँटीमा सफ्ट टिस्युज पनि धेरै हुन्छन् । त्यसैले सफ्ट टिस्युज शिथिल हुनासाथ सासनली नै बन्द हुन्छ। पेटमा धेरै बोसो वा ठूलो पेट भएका मानिसलाई पनि स्लिप एप्निया हुनसक्छ ।
- पुरुष : महिलाको तुलनामा पुरुषहरूलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ । यसको कारण पत्ता लागि नसके पनि शरीरमा रहेको बोसोसँग यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएको छ।
- उमेर : ४० वर्षभन्दा माथिका यसको चपेटामा पर्ने सम्भावना धेरै हुन्छ।
- गर्धनको आकार : १७ इन्चभन्दा बढी मोटो गर्धन हुने व्यक्तिलाई पनि स्लिप एप्नियाको जोखिम बढी हुन्छ।
- औषधि सेवन : निद्रा लाग्ने औषधि, धुमपान र मद्यपान गर्नेलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ ।
जीवन शैली परिवर्तन र केही उपचार गरी स्लिप एप्नियाबाट सजिलै मुक्ति पाउन सकिन्छ । तर यसको बेबास्ता गरी हेलचक्र्याँइ गरेमा भने यो निकै ठूलो समस्या बन्न सक्छ ।
स्लिप एप्नियाको बेवस्ता गरे यसले दैनिक कामकाज र जीवन नै नराम्रोसँग प्रभावित गर्न सक्छ । साथै बेलैमा उपचार नगरे यसले उच्च रक्तचाप, हृदयघात, मुटुको चाल अनियन्त्रित र टाइप टु मधुमेह हुने जोखिम बढ्छ ।
एउटा अनुसन्धानले स्लिप एप्निया भएको मानिसले सवारी चलाउँदा दुर्घटना हुने सम्भावना १२ प्रतिशत बढी हुने देखाएको छ । स्लिप एप्नियाका रोगीले सवारी चलाउनु अत्यन्त खतरनाक हुन्छ । एजेन्सी
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस