सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता
डोटी- पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिए ।
पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ । वर्षातको समयमा सेती नदीमा पानीको बहाव बढ्ने भएको सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस