घारखोलाले बगाएर एक महिला बेपत्ता
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।
उजका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ । घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरेका थिए । शुक्रबार बिहानैदेखि बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस