• जीवनशैली | Jiwanshaili
  • स्तनपानले आमा र शिशु दुवैलाई हुन्छन् यस्ता फाइदा


    ‘स्वस्थ र सुन्दर संसार, स्तनपानको एकमात्र आधार’ भन्ने नाराका साथ अहिले स्तनपान सप्ताह चलिरहेको छ । विश्वव्यापी व्यापक चेतना अभिवृद्धिमार्फत विश्वभरिका शिशु तथा बालबालिकाका अभिभावकलाई सक्षम गराई प्रभावकारी स्तनपानबाट शिशुको सुरक्षा, शारीरिक तथा मानसिक वृद्धि–विकास र स्वास्थ्यको सुधार गर्नुपर्ने महसुस गरी सन् १९९० मा विश्वव्यापी अभियानका रुपमा स्तनपानलाई प्रवर्धन गर्ने घोषणा गरियो ।

    त्यसै अनुरुप १९९१ मा विश्वस्तरीय स्तनपान प्रवर्धन समूहको स्थाापना भयो । शिशु एवं बालबालिकाका लागि स्तनपान प्रवर्धन गर्न अभिभावक, परिवार, समाज सबैको सहयोग जुटाउन विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोष लगायत सरकारी, गैरसरकारी संघ–संगठनको आह्वानमा सन् १९९२ देखि मातृ–शिशुको स्वस्थकर जीवनका लागि कामकाजी महिलाको कार्यस्थल, वातावरण, शैक्षिक एवं आर्थिक क्षेत्र, तथा मानवाधिकार क्षेत्रबाट सघाउ पुर्याई स्तनपानलाई अभियानकै रुपमा चलाउन हरेक वर्ष अगस्ट महिनाको १–७ तारिखसम्म ‘विश्व स्तनपान सप्ताह’ मनाउन सुरु गरिएको हो ।

    यस्ता छन् स्तनपानका फाइदाहरु

    १) पचाउन सजिलो
    स्तनमा पहिलादेखि नै बनेर बसेको दूधले शिशुको पाचन प्रकृयालाई बलियो र विकसित गर्न सहयोग पु¥याउँछ । त्यसका साथै उक्त दूधले शिशुलाई अन्य क्रियाकलाप गर्न पनि सहयोग गर्छ । बोतलको दुध खाने शिशुभन्दा स्तनपान गर्ने शिशुलाई कब्जियत हुने र पाचन सम्बन्धि समस्य हुँदैन ।

    २) रोगसँग लड्ने क्षमता
    स्तनपानमा समावेश भएको एन्टिबायोटिकले शिशुलाई रोग प्रतिरोधक क्षमता अर्थात रोगसँग लड्ने क्षमता निर्माणमा मद्दत गर्छ । जसले शिशुलाई संक्रमण, झाडावान्ता, दम, मोटोपना, एलर्जी जस्ता रोगहरु लाग्नबाट बचाउँछ ।

    ३) मस्तिष्कको विकास
    स्तनपान गराउनाले तपाईंको शिशुको मस्तिष्कको प्रारम्भिक विकासमा पनि सहयोग पु¥याउँछ । जसका कारण बच्चा चलाख र तेजिलो हुन्छ ।
    स्तनपान गराउने आमालाई पनि हुन्छन् यस्ता फाइदा
    स्तनपान गराउँदा आफ्नो सन्तानसंगको सम्बन्ध झन् गहिरो हुँदै जान्छ ।

    यसका साथै आमा र बच्चाबीचको एउटा अद्वितीय भावनात्मक बन्धन बनाउन सहयोग गर्छ । बच्चा जन्मेपछि हुने रक्तश्रावलाई पनि राक्न मद्दत गर्छ । बोतलको दुध भन्दा स्तनपान सस्तो र छिट्टो हुनुको साथै पोषक तत्वहरु समावेश हुन्छ ।

    १) रक्तश्राव कम गर्छ
    स्तनमा रहेको दुधले अक्सीटोसिन नामक एक किसिमको हार्मोन पनि छोड्छ,जसले गर्भाशयलाई सहि आकारमा आउन सहयोग गर्छ । त्यसबाहेक प्रसवपछि अत्याधिक रक्तश्राव कम गर्न सहयोग गर्छ ।

    २) आमालाई पनि रोग लाग्नबाट बचाउछ
    बच्चा जन्मेपछि बढेको आमाको शरीरको तौल तिव्र गतिमा घटाउन सहयोग गर्छ । स्तनपान गराउनाले गर्भाशय र डिम्बग्रन्थिको क्यान्सरको साथ(साथै स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्छ ।

    स्तनपान आमा र शिशु दुबैको लागी उपयोगी छ हरेक आमाले स्तनपन गराऔँ र आफु र आफ्नो बच्चालाई निरोगी बनाऔँ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार