बलात्कारपछि चोरी गरी फरार रहेका प्रतिवादी पक्राउ
विदुर- नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएकी ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेकामा नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा मोबाइल फोन प्रयोगकर्ता शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।
प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी उमेशसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौँको सिआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका– २ का ३६ वर्षीय भूपेश घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ ।
घटनामा संलग्न पाँच फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानका दायरामा ल्याएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस