डिप्रेसन के हो ? यसका कारण र उपचार विधि
मानिसको मन सधैँ एकनासको हुँदैन । कहिले खुसी हुने कहिले निरास हुने । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न सक्छ । बिस्तारै आफैँ हराएर जान्छ । तर, दिक्कदारीपनको अवस्थामा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा रुचि हुँदैन ।
- लक्षणहरू
– मन उदास(दुःखी/खिन्न) हुनु
– आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्नु
– पहिला रमाइलो लागिरहेका कुरामा मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्नु
– शरीरमा शक्ति नै छैन जस्तो अनुभव हुने, कामकाज नगरे तापनि शरीर तथा धेरै थकाईको महसुस हुनु
– हातखुट्टा झम्झमाउने तथा सम्झने शक्ति कमी हुनु
– कसैसँग बोल्न/हाँस्न मन नलाग्नु
– आफ्नो जीवन बेकार, काम नलाग्ने जस्तो विचार आउनु - उपचार
– माथि भनिएजस्ता लक्षणहरू देखिएमा बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानुपर्दछ ।
– डिप्रेसनको उपचारमा औषधि सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ ।
– मनोचिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ - ध्यानदिनुपर्ने कुरा
– अत्याधिक महात्वकांक्षी नहुने
– किशोर/किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो । तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने ।
– आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने ।
– खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल/ मनोरञ्जन/शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने ।
– आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ ।
– जिन्दगीमा केही गर्न सकिएन, बेकार र धिक्कार छ, यो जिन्दगीलाई भन्नुभन्दा पनि हालसम्म आफूले गरेका कामलाई शान्त मनले सम्झिने ।
– घर परिववारमा (श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु–बुहारी) बीचको सम्बन्ध राम्रो बनाउने । - आफैँले दैनिक ध्यानदिने कुराहरू
– दैनिक ३० देखि ४५ मिनेट जति हिँड्ने वा शारीरिक व्यायाम गर्ने
– चुप लागेर एउटा कुनामा बस्नुभन्दा घर, कोठा, बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्ने
– आफूलाई मनपर्ने कुनै गीत/भजन वा अन्य रमाइलो कामकाज गर्ने
– आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने
– प्रशस्त पानी तथा खानेकुरा, फलफूल खान मन नलागे पनि खाने प्रयास गर्ने । - मनोसामाजिक सहयोग
– बिरामीले आफ्नै लागि केहि सानोतिनो काम गरेको छ । जस्तैः नङ काटेको, कपाल कोरेको, लुगा सफा गरेको छ, भने हौसला तथा प्रोत्साहन दिने
– बिरामीको हातमा सबै औषधि एकैपटक नदिने, औषधि खुवाँउदा खान नमानेमा बल प्रयोग नगर्ने, सम्झाई बुझाई खुवाउने
– बिरामी निको हुँदै गएपछि बिरामीलाई रोग लाग्दा के भएको थियो, त्यसबारेमा राम्रोसँग बुझाउन, सम्झाउन सहयोग गर्ने
– रोग फेरि लाग्न नदिन के–के गर्नुपर्छ भनेर सम्झाउने । जस्तैः दिइएको औषधि नियमितरूपमा खाने, आफूलाई अलिकति पनि व्यवहारमा परिवर्तन आएजस्तो लाग्यो भने फेरि पनि चिकित्सक/स्वास्थ्यकर्मीकोमा जाने, खानपानमा ध्यान दिने, थकाई लागेमा आराम गर्न दिने
– बिरामीका मनका कुरा सुन्ने–सुनाउने साथी नहुन सक्छन् । तसर्थ परिवारका सदस्य नै कहिलेकाहीँ उसको साथी बनिदिने
– आत्महत्याको विचार झल्किने खालका विचार व्यक्त गरेमा बिरामीलाई निगरानीमा राख्दै उपचारको लागि मनोचिकित्सककहाँ जानका लगि सहयोग गर्ने
– औषधिले काम गर्न कम्तीमा पनि दुई हप्ताभन्दा बढी समय लाग्ने हुनाले धैर्य हुने र बिरामीलाई पनि सोहीनुसार सम्झाउने । स्रोत: सिएमसी नेपाल
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस