• जीवनशैली | Jiwanshaili
  • कार अनियन्त्रित भई पल्टँदा तीन जनाको मृत्यु


    रुपन्देही- रुपन्देही रोहिणी गाउँपालिका-४ छिपागडस्थित हुलाकी सडकखण्डमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने एक गम्भीर घाइते भएका छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं. को कार अनियन्त्रित भई पल्टँदा तीन जनाको मृत्यु भएको हो ।

    प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार पल्टिँएर सडकबाट १० मिटर तल पुग्दा ४ जना घाइते भएका थिए । घाइतेलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परि रुपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका देवेन्द्र चौधरीको मृत्यु भएको छ अन्य २ जनाको परिचय खुल्न सकेको छैन । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादव रहेका छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस