बहुगुणी बेसार
बेसारलाई एक प्रकारको महत्वपूर्ण औषधिको रुपमा पनि लिइन्छ । यसको उपयोग घरको भान्छामा मात्र होइन, विभिन्न शुभ कार्यमा पनि गरिन्छ । बेसारले खानामा स्वाद त दिन्छ नै हाम्रो धेरै घरेलु उपचारमा पनि सहयोग गर्छ ।
फाइदा
- यदि कसैलाई लामो समयसम्म शरीर दुखिरहेको छ र शरीरको कुनै पनि भागमा चोट लागेको छ भने उसलाई बेसार हालेको दूध खान दिनुपर्छ । यसले दुखाइलाई कम गर्न सहयोग गर्छ ।
- मधुमेह वा डायबेटिज भएकाहरुका लागि बेसार निकै लाभकारी छ । यसका लागि एक चम्चा अमलाको रस, एक चम्चा बेसार मिलाएर पिउन सकिन्छ ।
- बेसारलाई दूधसँग खाने हो भने यसले धेरै फाइदा गर्छ । घाँटी खसखसाउँदा, रुघा लाग्दा यसले निकै फाइदा पुग्छ । यतिमात्र होइन, बेसार, एलेभेरा र काँचो दूध मिलाएर बनाएको लेप अनुहारमा लगाउँदा पनि छालामा चमक आउँछ ।
- बेसारको प्रयोगले हाम्रो शरीरको रगत पनि सफा हुन्छ ।
- तर, बेसारले राम्रो गर्छ भन्दैमा यसको प्रयोग धेरै गर्नुहुँदैन । आर्युवेद विशेषज्ञहरुले बेसार ३ देखि ५ ग्राममात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस