शरीरको यी भागमा परफ्युम लगाउँदा टिक्छ लामो समय
परफ्युमको प्रयोग हाम्रो नेपाली समाजमा आफ्नै किसिमले हुने गरेको छ । कतिपय ब्यक्तिहरुले परफ्युमलाई लुगामा लगाउने गरेका छन् भने कमैले छालाको स्पर्श गरेर लगाउने गरेका हुन्छन् । परफ्युमको सही उपयोग हुन नसकेको अवस्थामा धेरै प्रयोगकर्ताले गुणस्तरीय परफ्युम प्रयोग गरेपनि सुगन्ध लामो समय नटिकेको अनुभव गरेका छन् ।
यदी तपाईले राम्रो गुणस्तरको परफ्युम प्रयोग गर्दै हुनुहुन्छ भने शरीरका यी भागहरुमा लगाउदा परफ्युमले अझ बढी सुगन्ध त्यो पनि लामो समयसम्म दिने गर्छ ।
नाईटो :
नाईटोको भाग शरीरका अंगहरु मध्ये तातो भैरहने भागमा पर्छ । त्यसैले नाईटोको भागमा परफ्युम लगाउनु भयो भने यसको सुगन्ध लामो समयसम्म रहिरहन्छ । अमेरिकन टेलिभिजनकी अभिनेत्री लिव टाइलरले आफुलाई सुगन्धित राख्ने उपायहरु बताउने क्रममा उनले परफ्युमलाई नाईटोको भागमा पनि लगाउने गरेको बताएकी थिइन् ।
कपाल :
शरीरको माथिल्लो भागमा रहेको कपालमा पनि परफ्युम लगाउदा यसको सुगन्ध लामो समयसम्म रहन्छ । त्यसैले बाहिर कतै निस्कनु पर्दा थोरै परफ्युम कपालमा पनि लगाउदा राम्रो हुन्छ ।
कानको पछिल्लो भाग :
कुनै पनि ब्यक्तिको नजिक बसेर कुराकानी हुने कार्यक्रम जस्तो पार्टीहरुमा जादैं हुनुहुन्छ भने कानको पछिल्लो भागमा पनि परफ्युम लगाउने गर्नुहोस् । यो भागमा परफ्युम लगाउदा अगाडी र पछाडी रहेका ब्यक्तिहरुमा समान रुपमा सुगन्ध जाने गर्छ ।
कुहिनोको अघिल्लो भाग :
हातको कुहिनोको अघिल्लो भागमा धेरैको पसिना आउने गर्छ । यो भागमा तातो पन बढी हुनाले पनि पसिना आउने गरेको हो । यदी तपाईले यो भागमा परफ्युम लगाउनु भयो भने यो भागको तातोपनले परफ्युमको सुगन्धलाई फैलाउन मद्धत गर्छ ।
घुडाको पछिल्लो भाग :
यदी तपाई छोटो लुगा हाफ पाईन्ट, स्कर्ट आदी लगाउनु हुन्छ भने घुडाको पछिल्लो भागमा पनि परफ्युम लगाउन सक्नुहुन्छ । यो भाग पनि तातो हुने हुनाले परफ्युम लगाउदा यहाँबाट निस्कने सुगन्ध लामो समयसम्म रहिरहन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस