• जीवनशैली | Jiwanshaili
  • गोंगबुमा सुटकेसमा टाउको बिनाको शव भेटियाे


    काठमाडौं- गोंगबुमा एउटा सुटकेसमा टाउको बिनाको शव फेला परेको छ। प्रहरीले गोंगबुको गणेस्थान मन्दिर नजिकैबाट उक्त सुटकेस फेला पारेको हो। पानीले भिजेको अवस्थामा सुटकेसबाट रगत बगिरहेको देखि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भने हुन सकेको छैन।

    प्रहरीले अनुसन्धानको क्रममा तीन सय मिटर टाढा शवको टाउको पनि भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस