• जीवनशैली | Jiwanshaili
  • आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह


    साउन २७ गते (मंगलबार)

    आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    यस्तै, राती देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै यस क्षेत्रका वासिन्दालाई सतर्क रहन समेत मौसमविद्ले आग्रह गरेका छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस