• जीवनशैली | Jiwanshaili
  • यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, डुबान हुन सक्ने भन्दै सतर्क रहन मौसमविद्को आग्रह


    साउन २८ गते (बुधबार)

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस