७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता
भोजपुर- नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले कार्यालयमा झिकाएर नागरिकता दिएको हो ।
वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । प्रजिअ पुरीले भने,‘‘ यसअघि नै नागरिकताको लागि पहल हुनुपर्ने हो तर त्यो के कारण हुन सकेन, वृद्धा अवस्थामा नागरिकता नभएका कारण राज्यको सेवासुविधाबाट वञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणका लागि पहल गरेँ र आज वितरण गरियो। अब उहाँलाई राज्यबाट लिइने सेवासुविधा लिने बाटो खुलेको छ ।’’
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस