उमेर अनुसार दैनिक कति घण्टा सुत्ने ?
स्वास्थ्य र सुन्दरताको लागि जसरी हामीलाई पोषक तत्व आवश्यक हुन्छ । त्यसरी नै निन्द्राको महत्व पनि स्वास्थ्यसँग जाडिएर आउँछ । दैनिक जीवनयापन कै सहजताको लागि पनि निन्द्रा धेरै उपयोगी हुन्छ । यदी शरीरको लागि लामो उमेर चाहिन्छ भने हरेक मानिसको लागि दिनको कम्तिमा पनि सात घण्टा सुत्न आवश्यक हुन्छ । निन्द्राको उपयोगिता भने पहिले देखि नै आयुर्बेदका हिसावले हरेक मानिसको उमेर समूह अनुसार कति सुत्नु पर्दछ भनेर छुट्याइएको पाइन्छ ।
कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ ।
कुन उमेरको मानिस कति घण्टा सुत्न आवश्यक छ :
३ महिनादेखि ११ महिनासम्मको नवजात शिशुको लागि : १४ देखि १५ घण्टा सुत्न आवश्यक हुन्छ ।
१२ देखि ३५ महिनाको बच्चा : १२ देखि १४ घण्टा सुत्न आवश्यक छ ।
६ देखि १० वर्षको स्कुल जाने बच्चा : १० घण्टा सुत्न आवश्यक छ ।
११ देखि १८ वर्ष उमेर समूह : कम्तिमा ९ घण्टा निदाउन आवश्यक छ ।
जागिरे वा पेशेवर मानिस जस्को उमेर २० वर्षभन्दा माथि छ, उसको लागि कम्तिमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ । बुढापाकाको लागि सुत्नको कुनै समयसिमा छैन निर्धारण गरिएको छैन । यदी तपाई यसरी नै आफ्नो उमेरको हिसाबले सुत्ने समय तय गरेर नियमितता दिनुहुन्छ भने यसले तपाईलाई धेरै फाइदा मिल्नेछ । जसको अनुभव तपाई आफैले गर्नु हुनेछ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस