• जीवनशैली | Jiwanshaili
  • आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना


    साउन २९ गते (बिहीबार)

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं २ र बाग्मती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस