स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
बैतडी- स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो ।
स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस