सिन्धुपाल्चोकमा फेरी भिषण पहिरोः १३ घर बगे, ५ घरका सदस्य सम्पर्कविहीन
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा भिषण पहिरो जाँदा गाउँ नै पुरिएको छ । जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा गएको पहिरोले कम्तीमा १३ घर पुरिएको अनुमान गरीएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहीन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहीनहरुको खोज र उद्धार गर्न सकेका छैनन् ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको बताइएको छ ।
घटनाको थप विवरण आउन भने बाँकी छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस