जुगल पहिरो अपडेटः चारजनालाई उपचारका लागि काठमाडौं पठाइयो
सिन्धुपाल्चोक- आज विहान जुगल गाउँपालिका २ लिदीको लामाटोलमा गएको पहिरोमा १३ घर पुरीएका छन् । सो मध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहीन छन् । सम्पर्कविहीन मध्ये १३ जनाको एकिन भइसकेको वडा अध्यक्ष सनत अधिकारीले बताए छन् ।

पहिरोमा फसेका १५ जना घाइतेहरु लप्सेचौरमा निस्किएका छन् । भने थप ३० घर प्रभावित भएको छ । माथिबाट पहिरो झरिरहेकोले उद्धारमा कठिनाइ भएको छ । उद्धारका लागि प्राविधिक टोलीसहित हेलिकोप्टरमा त्यसतर्फ गइरहेको वडाध्यक्ष अधिकारीले बताए ।

लिदीको पहिरोमा परेकमध्ये ४ जनालाई निकालिएको छ । गम्भीर घाइते भएका ती चार मध्ये २ जना महिला र २ पुरूषलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । भने अन्यको उद्वार जारी रहेको छ ।

पहिरोमा फसेकाहरुलाई उद्धार गर्दै गर्दा सुख्खा पहिरो झरेर थप घरहरू फेरि पुरिएको वडाध्यक्ष अधिकारीले बताए । सो पहिरोमा थप केही मानिसहरु पुरिएको आशंका भएको उनले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस