• जीवनशैली | Jiwanshaili
  • ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना


     

    काठमाडौं, १२ अगस्ट, २०२०
    ग्लोकल आफ्टर स्कुल, (ग्लोकल प्रा.लि को एक अङ्ग) शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकलले एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो र अगस्ट १२ गते अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गरेर दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजनाको घोषणा गरिएको छ ।

    यो ३ हप्ते लामो महोत्सव अगस्ट १२ गते सुरु हुनेछ भने उक्त महोत्सव बिभिन्न प्रतियोगिताका बिजेताहरुको घोषणा सगै सेप्टेम्बर ३ तारिकका दिन समापन हुनेछ । सहभागिताका लागि आबेदन भने १२ अगस्ट २०२० वाटै शुरु भएको छ । यो कार्यक्रम बिभिन्न दक्षिण एशियाली संस्थाहरुको समयोजनमा गर्न लागिएको हो । जस्तै: UNICEF- ROSA;  UNESCO; A2I, Cabinet Division, Bangladesh, UNDP; National Youth Council Nepal; CYDA, India; CYN, Sri Lanka; Pinnacle Consultancy Pvt. Ltd, Maldives; Dynamic Youth Afghanistan; Maldives National Youth Council; Coca-Cola; Turkish Airlines & South-South Network.

    यो ३ हप्ते लामो लामो अन्लाईन कार्यक्रमका बिभिन्न बिशेषताहरु छन । यस महोत्सव अन्तर्गत सहभागीले बिभिन्न सिप आधारीत कुशल कार्यशाला, रचनात्मक प्रतिस्पर्धा एवम प्यानल छलफल जस्ता बिभिन्न गतिबिधीहरुमा निसुल्क भाग लिन पाउनेछन । यस महोत्सबमा दक्षिण एसियाली देशहरूबाट १४ ( २४ बर्ष उमेरका युवाहरू भाग लिन पाउने छन र उनीहरूलाई मनपर्दो गतिविधिहरूको लागि दर्ता गर्न प्रोत्साहित गरिएको छ ।
    दक्षिण एसियाली युवा महोत्सव २०२० दक्षिण एसियाली देशका युवाहरूलाई जम्मा गर्न, उनीहरूसँग जोड्न, साझेदारी गर्न र उनीहरूको दृष्टिकोण जान्न र यी समूहहरू बीचको बलियो सम्बन्धलाई अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । महोत्सव अन्लाईन आयोजित भइरहेको छ ।
    महोत्सवको सुरुवात दक्षिण एसियाली देशहरूका सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधि र प्रेरणादायक युवाहरूको ओपनिंग प्यानेलबाट भएको थियो ।
    उत्सवको पहिलो दिनको ओपेनिन्ग प्यानलमा Hon. Rameshwor Ray Yadav, Minister of Labour, Employment and Social Security, Government of Nepal as Chief Guest  / Hon. Aishath Athiya Naseer, State Minister of Education, Government of Maldives Special Guest को रुपमा उपत्स्थिति जनाउनु भएको थियो ।

    सोहि कार्यक्रममा दक्षिण एसियायालि सस्थाका बिशिस्त व्यक्तिहरुको उपस्थितिमा सन्चलन भयेको हो ।

    Ms. Jean Gough, Director at Regional Office for South Asian, UNICEF; Dr. Dewan Md. Humayun Kabir, Joint Project Director and Joint Secretary, A2I, Cabinet Division Bangladesh; Smt. Vandana Chawan, Member of Parliament, Rajya Sabha, Government of India; Dr. Md. Mozamel Haque Khan, Chairman, SAANSO and Director Anti-Corruption Commission, Bangladesh; Mr. Madhab Dhungel, Executive Vice- Chairperson, National Youth Council Nepal; Ms. Humayra Ibnat Badhon, Senoir Rover Mate Samatat Open Scout Group, Bangladesh; Mr. Pamir Hassas, Director of Relations to IPU, House of People Afghanistan; Mr. Kusala Fernando, Principal, Prince of Wales College, Srilanka.

     

    Hon. Rameshwor Ray Yadav, Minister of Labour, Employment and Social Security, Government of Nepal

    म ग्लोकल प्रा लि लाइ युवा शक्ति मनाउने एक विशाल मन्च श्रिजना गरेकोमा हार्दिक बिधाइ व्यक्त गर्न चाहन्छु । सन्घसस्था, बहु उदेश्यिय आयोगहरुलाइ पनि युवा दिवस २०२० भव्य तर्किाले मनाउन शुभकामना दिन चाहन्छ ु। मलाई विश्वाश छ यो तीन हप्ते लामो कार्यक्रम युवा बर्गका समस्याहरुको समाधान ल्याउनेछ ।

    Ms. Jean Gough, Director at Regional Office for South Asian, UNICEF

    म यस दक्षिण एसियाली युवा महोत्सव २०२० मनाउन यहाँ प्रस्तुत हुँदा अत्यन्त आभारी छ ु। ग्लोकल प्रा ली लाई अन्तरराष्ट्रिय युवा दिवस भब्य तरिकाले मनाउन शुभकामना ब्यक्त गर्न चाहन्छु। ग्लोकल तथा सर्वजनिक उध्यमहरु साथ आएर दक्षिण एसियाली युवाहरुलाई समर्थन गरेकोमा र यसलाई सफल बनाउन एकसाथ आएकोमा गर्व गर्दछु । साथै UNICEF को तर्फबाट युवा एजेन्र्डा लाई अगाडि बढाउने प्रयास मा ग्लोकल टिमलाई धन्यवाद दिन चाहन्छु ।

    महोत्सवमा युवा अवस्था, चुनौतीहरू, दक्षिण एसियाली स्तरमा अवसरहरूको अवलोकन गर्न प्यानल छलफलहरूको श्रृंखला राखिएको छ । साथै, देश विशेष छलफल जहाँ एसियाली देशका युवाहरू एक साथ आउनेछन् र युवा संलग्नता सीप तथा कौशलताका बिभिन्न आयमहरु सम्बन्धित विषयमा छलफल हुनेछ ।
    छलफलका अन्य बिषयहरु एसप्रकार छन ।

    उद्यमशीलता र कौशल प्यानल
    युवा सामाजिक संलग्नता प्यानल

    यी प्यानल युवा क्षेत्रको अवरोध र दक्षिण एशियाली परिप्रेक्ष्यमा समाधानहरूको बारेमा छलफल गर्नका लागि उद्देश्य राखेर आयोजना गर्न लागिएको हो ।
    प्रतियोगिताको बारेमा कुरा गर्नुपर्दा , हामीसँग क्रिएटिभ लेखन प्रतिस्पर्धा, चित्रकला प्रतियोगिता र भिडियो बनाउने प्रतियोगिताहरू छन जुन दक्षिण एशियार्ली देशहरूको युवाहरूका लागि खुला गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसलको नारा विश्वव्यापी कार्यहरूको लागि युवा संलग्नतामा आधारित थियो र उही उद्देश्यलाई विचार गर्दै यस उत्सवमा सबै प्रतियोगिताको विषयवस्तु “Reimagining Youth Employment and Skilling Solution” हो । यी प्रतिस्पर्धाले उनीहरूको सीप प्रदर्शन गर्ने अवसर मात्र दिदैन तर दक्षिण एसियाली क्षेत्रमा विभिन्न क्षेत्रको विकासको दायराका रूपमा सकरात्मक सन्देश फैलाउने मंच पनि प्रदान गर्नेछ ।
    यस महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा दक्ष कार्यशालाहरू पनि सन्चालन हुन्छन्। कार्यशालाहरू एसप्रकार रहनेछन :

    1. Youth Empowerment for Active Citizenship
    2. Public Speaking Workshop
    3. Digital Storytelling
    4. Virtual Strategy for productive team
    5. Policies for Education

    सोहि उत्सवमा दक्षिण एसियाली क्विज पनि यस उत्सवको बीचमा आयोजित गरिनेछ, जहाँ सहभागीहरूलाई विश्वका मामिलामा संलग्न युवाहरू सम्बन्धित प्रश्नहरू सोधिनेछ ।
    दक्षिण एसियाली युवा महोत्सवको उद्देश्य दक्षिण एशिया भर बाट हजारौं युवाहरुलाई एकै प्लेटफार्ममा भेला गराई युवा शक्ति र क्षमताहरु मनाउनु रहेको छ । युवा महोत्सवको माध्यमबाट दक्षिण एशियाली क्षेत्रका लागि उत्पादनमूलक छलफल र सीप समाधान अनुरुप बिभिन्न प्रतियोगिता, कार्यशाला र प्यानल छलफल सन्चालन गरिने छ ।
    दक्षिण एसियाली महोत्सव युवा समूहको आधिकारिक गठनमा पनि अग्रणी रहने छ जहाँ दक्षिण एशिया क्षेत्र भरमा युवा प्रतिनिधित्व मार्फत उनिहरुकोे विभिन्न अन्तरदृष्टि, दृष्टिकोण, सांस्कृतिक पृष्ठभूमि सम्रक्षण गरिनेछ । यो समूह युवा व्यक्तिहरूको हितमा रहनेछ र यसको उद्देश्य उनीहरूको सीप, आविष्कार र परिवर्तनको लागि सँगै काम गर्ने, उनीहरूमा
    उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वहा गर्नु रहेको छ । दक्षिण एसियाली देशका युवाहरू फेसबुक मार्फत जोडीदै समाजको विकासमा पूर्ण रूपमा भाग लिन सक्ने छन ।
    दक्षिण एसियाली युवा महोत्सव २०२० कार्यक्रम तालिका यसप्रकार छन् :

    Date Time Events
    12th August 3:00PM- 5:00PM NST Opening Panel
    13th August 5:00PM- 7:00PM NST Entrepreneurship and Skill Panel
    14th August 5:00PM- 7:00PM NST Youth Social Engagement Panel
    15th August 5:00PM- 7:00PM NST Keynotes
    16th August 5:00PM- 7:00PM NST Country Specific Panel- Nepal
    17th August 5:00PM- 7:00PM NST Workshop- Digital Storytelling
    18th August 5:00PM- 7:00PM NST Country Specific Panel- Bangladesh
    19th August 5:00PM- 7:00PM NST Workshop- Public Speaking
    20th August 5:00PM- 7:00PM NST Country Specific Panel- India
    21st August 5:00PM- 7:00PM NST Country Specific Panel- Sri Lanka
    24th August 5:00PM- 7:00PM NST Country Specific Panel- Afghanistan
    25th August 5:00PM- 7:00PM NST Workshop- Youth Empowerment for Active Citizenship
    26th August 5:00PM- 7:00PM NST Country Specific Panel- Pakistan
    27th August 5:00PM- 7:00PM NST Workshop- Virtual Strategy for Productive Team
    28th August 5:00PM- 7:00PM NST Country Specific Panel- Maldives
    29th August 5:00PM- 7:00PM NST Country Specific Panel- Bhutan

    सबै गण्यमान्य तथा आयोजक टोलीले दक्षिण एशियाका युवाहरुलाई यस पर्वको एक हिस्सा हुन स्वागत गर्दछ र युवा शक्तिलाई उत्सवको ट्यागलाइन “#IAMTHESOLUTION” भनी घोषणा गरिएको छ ।
    यस कार्यक्रमका सम्पूण बिधाहरुका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक आवेदकहरुले https://glocalafterschool.com/south-asian-youth-festival/ मा गई दर्ता गराउनू पर्ने छ ।

    कार्यक्रमबारे अन्य जानकारी लागि,
    सुशिला श्रेष्ठ,
    ९८६०३१९०३२
    ग्लोकल प्रा ली

     

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस