गर्भवती महिलाले धेरै कफी पिउँदा बच्चामा ब्लड क्यान्सरको खतरा
एजेन्सी- तपाई गर्भवती हुनुहुन्छ ? नियमित कफी पिउने गर्नुभएको छ ? त्यसो भए होसियार हुनुहोस् र कफी पिउने बानी छाड्नुहोस् । किनकी तपाईले कफी पिउँदा तपाईको गर्भमा रहेको बच्चामा ब्लड क्यान्सरको खतरा बढ्छ ।
वैज्ञानिक अनुसन्धानले गर्भवती महिलाले दिनमा कम्तिमा २ कप कफी पिउने गर्नाले गर्भको बच्चा जन्मिएपछि बाल्यकालमा ब्लड क्यान्सरको चपेटामा पर्ने जोखिम उच्च रहने तथ्य पत्ता लगाएको हो । साथै शोधकर्ताहरुले विश्वका सरकारहरुले गर्भवती महिलालाई गर्भावस्थामा धूमपान र मध्यपान नगर्न सचेत गराइएजस्तै बढि कफी समेत नपिउँन सचेत गराउनुपर्ने सुझाव दिएका छन् ।
शोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन नामक रसायनले भ्रुणको शरीरको कोषमा हुने डिएनएमा अनपेक्षित परिवर्तन गराउने र त्यसो गर्दा ट्युमर विकशित हुने जोखिम उच्च हुन्छ ।
अहिलेसम्म यस विषयमा गरिएका विभिन्न २० वटा अध्ययनका नतिजा समेत विश्लेषण गर्दै शोधकर्ताहरुले भनेका छन्, गर्भावस्थामा महिलाले कफी पिउँदा बच्चामा ल्युकेमिया अर्थात् रक्त क्यान्सरको जोखिम २० प्रतिशतले बढ्छ । अझ दिनमा २ कप भन्दा बढि कफी पिउँदा बच्चामा क्यान्सरको जोखिम ६० प्रतिशत हुने शोधकर्ताहरुले बताएका छन्। त्यस्तै दिनमा ४ कप कफी पिउने गर्भवती महिलाका बच्चामा रक्त क्यान्सरको जोखिम ७२ प्रतिशतले बढ्ने अमेरिकन जर्नल अफ अब्स्टेट्रिक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित अध्ययनले देखाएको छ ।
तर बेलायती क्यान्सर विशेषज्ञ डेनिस हेन्शले भने गर्भवती महिलालाई कफीको सेवन पूरै त्याग्न सल्लाह दिनुको साटो दिनको दुई कप भन्दा कम वा कहिलेकाहीँ कफी पिउन सल्लाह दिनुपर्ने तर्क गर्छन् । दुई कप कफी पिउँदा रक्त क्यान्सरको जोखिम ६० प्रतिशतले बढ्ने तथ्य निकै उल्लेखनीय रहेको उनी बताउँछन्।
पछिल्लो समयमा बालबालिकामा रक्त क्यान्सरको दर बढ्दै जानुमा गर्भवती महिलाले कफी पिउनु मात्र मुख्य कारक तत्व हो वा अन्य वातावरणीय तत्व पनि जिम्मेवार छन्, भन्ने विषयमा थप अनुसन्धानको आवश्यकता रहेको तर्क उनको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस