यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद
लण्डन- बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।
बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।
आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् । घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् ।
राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनको आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।रासस
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस