• जीवनशैली | Jiwanshaili
  • सडेको अवस्थामा बेवारिसे शव फेला


    बाजुरा- जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा एक जनाको बेवारिसे शव फेला परेको छ । आज बिहान एक वृद्धाको बेवारिसे शव फेला परेको र सो शव सडेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

    शव पूर्णरूपमा सडेका कारण कसको हो भनी पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताएका छन् । सोही क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–६ लाटुबस्ती बस्ने ६० वर्षीया मानसिक सन्तुलन गुमाएकी धनसरा लुहार गत साउन २९ गतेदेखि हराएकाले शव उनकै हुनसक्ने आशङ्का गरिएको स्थानीयवासीले बताएका छन् ।

    सडेको अवस्थामा फेला परेको शव पहिचान गर्न आफन्तलाई बोलाएको प्रहरीले बताएको छ । हिजो रातिको अविरल वर्षासँंगै खोलामा बाढी आएर खोलाको तीरमा सो शव फेला परेको प्रहरीले जनाएको छ । कोल्टीको नुरी हुँदै आएको बाढीले कोल्टी आसपासका क्षेत्रममा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस