काभ्रेमा सार्वजनिक यातायात बन्द
बनेपा- कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।
देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ । जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमणका कारण १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेसनमा राखेर उपचार भईरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । सङ्क्रमणबाट काभ्रेमा दूई जनाको निधन भईसकेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस