सर्पको टोकाइबाट जोगिन छैन भ्याक्सिन
जाजरकोट- स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्य भएको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्य भएको हो ।
भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी नगरपालिका–२ का प्रकाश शाहीले जानकारी दिए । अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहेकोमा सो भ्याक्सिन पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनील पुनले जानकारी दिए । बिरामी आउने क्रम शुरु भएकाले अब भ्याक्सिन प्रदेशबाट मगाउने तयारी भएको उनले बताए ।
पहाडी जिल्लामा बिशालु सर्पहरु कम पाइने भएकाले भ्याक्सिन माग पनि कम हुने गरेको डाक्टर पुनले बताए । जाजरकोटमा वर्षा याममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस