ढिस्कोमा परी महिला बेपत्ता
बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन ।
हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भएपनि अझैसम्म फेला नपरेको वडा नं। ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । कांक्रेबाट घाँस काट्न तीनघरे पुगेकी ती महिलालाई ढिस्कोले पुरेको हो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस