• जीवनशैली | Jiwanshaili
  • करेन्ट लागेर मृत्यु


    पाल्प- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताइन् ।

    उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताइन् । घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्युत सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत मिटरबक्समा समेत क्षति पुगेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस