कालो ओठलाई गुलाबी बनाउन यसो गरौं
भन्ने गरिन्छ कि चुरोट पिउने मानिसको मात्र ओठ कालो हुन्छ । तर धेरै मानिस ओठ कालो भएकै कारण दुःखी हुन्छन् । उनीहरु यो समस्याको समाधान पनि खोजि रहेका हुन्छन् । त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन यी चिजको उपयोग गर्न सकिन्छः
खाने सोडा
खाने (बेकिङ) सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस् ।
चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस् । दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।
मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ ।
जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस