अफिमको कारोबार गर्ने दुई पक्राउ
काठमाडौं- प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई सोमबार पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले तारकेश्वर नगरपालिका–४ शेषमति सानोपुल नजिक शङ्कास्पद रुपमा कालो झोला बोकेर हिँडिरहेको अवस्थामा विश्वकर्मा र राउतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ गरेकासँग ६ किलोग्राम ५०० ग्राम अफिम बरामद गरेको छ । बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट रु एक लाख ५० हजार प्रति किलोग्राम ल्याउने र रु आठ लाखसम्म प्रति किलोग्राम बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रवक्ता कार्कीले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस