• जीवनशैली | Jiwanshaili
  • कागतीको रससँगै बोक्रा पनि छ फाइदाजनक


    एजेन्सी- कागती स्वास्थ्यका लागि मात्र होइन, तपाईको छालाका लागि पनि निकै फाइदाजनक छ । हामीले कागतीको रसलाई जति स्वास्थ्यबर्धक मान्छौँ, यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ ।

    यसमा गामा टर्पिनिन, टर्पिनालिन, डि लिमोनिन, सिट्रजस्ता गुण पाइने भएकाले यसले छालालाई सुन्दर बनाउने विश्वास गरिन्छ ।

    यतिमात्र होइन, यसमा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, पोटासियम तथा सेलेनियमजस्ता सुन्दर छालालाई चाहिने तत्व पनि हुन्छ । साथै, भिटामित सी, भिटामिन ए, बिटा क्यारोटिन पनि पाइन्छ ।

    त्यसको पेस्टलाई थोरै चिनी र नरिवलको तेलमा मिसाएर बनाइएको लेपन अनुहारमा लगाउँदा छालामा छुट्टै र फरक खालको सौन्दर्य आउँछ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार