चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते
कञ्चनपुर- चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।
उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन् । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस