श्रम शोषण गरेको भन्दै नोबेल अस्पतालका ५५ स्टाफ नर्सले दिए सामूहिक राजीनामा
विराटनगर- विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले श्रम शोषण गरेको भन्दै त्यहाँ कार्यरत ५५ जना स्टाफ नर्सले सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालले समयमा तलब नदिएको र कोरोना संक्रमणका वेला पनि स्वास्थ्यकर्मीको उचित सुरक्षा नगरेको उनीहरुको आरोप छ ।
जोखिम मोलेर काम गर्दा पनि अस्पतालले कामको उचित सम्मान नगरेको भन्दै उनीहरुले अस्पतालले समयमा तालिम समेत नदिएको गुनासो गरेका छन् ।
अस्पतालका स्रोतले ५५ जनाले राजीनामा दिएको स्वीकार गर्दै राजीनामा भने स्वीकृत नभएको जानकारी दिएको छ ।
अस्पतालले अहिले स्टाफ नर्सहरुलाई मासिक १५ हजार पारिश्रमिक दिएको छ । स्टाफ नर्सहरुले ५ हजार थप गर्न माग गरेको तर अस्पतालले ४ हजार मात्रै थप गर्न सकिने भनेपछि एक हजारमा कुरा नमिलेका कारण नर्सहरुले राजीनामा दिएको बताइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस