मिर्गौलामा भएको पत्थरी हटाउने घरेलु उपाय
एजेन्सी- मिर्गौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउँनुपर्छ । पानी प्रशस्त पिउँनाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसाबमार्फत जान्छ ।
कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी खाँदा स–साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।
अनारको जुस
अनारको जुसमा किड्नी स्टोनबाट राहत दिने तत्त्व हुन्छन् । त्यसैले किड्नीमा स्टोन भएकाहरूले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु राम्रो हो ।
राजमा
राजमा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन ‘बी’ र मिनरल्र्स पाइन्छन्, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै, यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।
तुलसी
किडनीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु रामो हो । किड्नीमा स्टोन छ भने एक चम्चा तुलसी पातको रस र मह एकसाथ पिउनुपर्छ । छ महिनासम्म दिनहुँ यसरी तुलसीको पात र मह मिसाएर खाँदा पथरी निस्किएका उदाहरण धेरै छन् ।
खानपिन सुधार्ने
किड्नीमा स्टोन छ भने सोडा, इनर्जी ड्रिंक्स, प्रसोधित खाद्य, जाँडरक्सी कम गर्नुपर्छ र फलफूल तथा तरकारीको मात्रा बढाउनुपर्छ ।
खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलोजस्ता खानाले स्टोन बढाउने भएकाले यस्ता खाना बार्ने गर्नुपर्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस