• जीवनशैली | Jiwanshaili
  • लामो समय कम्प्युटर चलाउनेलाई ‘टेनिस एल्बो’ को खतरा


    एजेन्सी- कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा धेरै हुने देखिएको छ । पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन् ।

    तल कुइनो राखेर किबोर्डमा लामो समयसम्म टाइप गर्दा वा माउस चलाउँदा मांसपेशीलाई हाडसँग जोड्ने भाग ‘टेन्डन’मा हल्का दबाव हुन्छ । यो लगातार रुपमा भइरहे ‘रिपिटेटिभ स्ट्रेस इन्जुरी’का कारण टेन्डन दुख्न थाल्छ ।

    यो अचानक नभई विस्तारै बढ्दै जान्छ । सुरुवातमा कुइनोमा मात्र दुख्छ, पछि तलमाथि फैलिन थाल्छ ।

    टेनिस एल्बोका लक्षण

    कुइनोलाई चलाउँदा दुख्ने ।
    ब्रस गर्दा, कपाल कोर्दा कुइनोनेर दुख्ने ।
    ताला खोल्दा वा चियाको कप उठाउँदा दुख्ने ।

    बच्ने उपाय

    १०–१० मिनेटमा विश्राम लिँदै टाइप गर्नुपर्छ ।
    विश्रामका बेला नाडी र कुइनोको व्यायाम गर्नुपर्छ ।
    नाडीलाई घुमाउने र कुइनोलाई तन्काउने गर्नुपर्छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार