सुर्तीसहित बोलेरो जिप बरामद
कैलाली- कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
बरामद सुर्तीसहित बोलेरो जिप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको बताइएको छ । त्यसैगरी प्रहरीको सोही टोलीले धनगढी–२ कृष्णनगर टोलबाट भन्सार छली ल्याइएका पाँच बोरा जिरा र ७०० प्याकेट सुपरपावर सुर्तीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस