पुजारी हत्या प्रकरण : दुई जना पक्राउ
रौतहट – रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ का बालकुमार पटेल र रामनरेश पटेल छन् ।
उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा प्रदेश २ को प्रहरीले बिहारबाट नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताएको छ । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।
प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् । प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बताएको छ ।
उनीहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साहको भदौ ३ गते राति गोली हानी हत्या भएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस